गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर

पाेखरा | मंसिर २१, २०८१

गहुँखेती प्रवर्द्धन गर्न किसानलाई अनुदान दिँदै पोखरा महानगर तस्बिर फाइल

पोखरा:    पोखरा महानगरपालिकाले गहुँखेतीप्रति किसानको आकर्षण बढाउन अनुदान तथा सहयोगका कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । 

महानगरपालिकाले हिउँदे बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत गहुँखेतीका लागि बीउ, जमिन जोत्ने, थ्रेसिङ गर्नेलगायत कामका लागि अनुुदान दिने निर्णय गरेको छ । 


महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखरा महानगपालिका क्षेत्रभित्र हुने गहुँखेतीका लागि न्यूनतम एक सय रोपनी क्षेत्रफलको ‘क्लष्टर’लाई आधार मानेर बीउ, जमिन जोत्न र थ्रेसिङ गर्न ५० प्रतिशत अनुदान दिइने छ । 


महानगरपालिकाका वडा नम्बर १३, १९, २३, २६, २७, २८ र ३२ का विभिन्न स्थानमा गहुँखेती प्रवर्द्धनात्मक कार्यक्रम कार्यान्वयन गरिने छ । 


यस वर्ष महानगरपालिकाले चार हजार किलोग्राम गहुँको बीउ ५० प्रतिशत अनुुदानमा वितरण गरेको छ । 

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्